Main News

वीर अस्पतालका कर्मचारीले लगाए न्याम्स पदाधिकारीको कार्यकक्षमा ताला

हिमालय टिभी
२०७७ मंसिर १४ गते १५:१४
वीर अस्पतालका कर्मचारीले लगाए न्याम्स पदाधिकारीको कार्यकक्षमा ताला

१४ मंसिर, २०७७ काठमाडौं । एक महिनदेखि आन्दोलित वीर अस्पतालका कर्मचारीले न्याम्सका पदाधिकारीको कार्यकक्षमा ताला लगाएका छन्।

आफ्ना माग सम्बोधनका लागि कुनै पहल नगरेको भन्दै आन्दोलित कर्मचारीले न्याम्सका पदाधिकारीको कार्य कक्षमा ताला लगाएका हुन्।

माग पूरा नभएसम्म ताला नखोलिने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले जानकारी दिनुभयो ।

यसअघि उनीहरुले मंसिर ४ देखि १२ गतेसम्म न्याम्सका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका थिए। नारा जुलुस सहित धर्ना उनीहरुले यथावत् राखेका छन्।

उनीहरुले अस्पतालको दुवै गेटमा पदाधिकारी प्रवेश निषेधको ब्यानर समेत टाँसेका छन्। जोखिममा काम गरेवापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड बीमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन माग गर्दै कात्तिक ३ गतेदेखि आन्दोलनमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *