Political Hightlights

प्रचण्डको जीवनशैलीमाथि ओलीले उठाए प्रश्न, ओलीको अर्को प्रश्न: भूमि फिर्ता ल्याउन किन प्रयास नगरेको ?

हिमालय टिभी
२०७७ मंसिर १३ गते १८:५८
प्रचण्डको जीवनशैलीमाथि ओलीले उठाए प्रश्न, ओलीको अर्को प्रश्न: भूमि फिर्ता ल्याउन किन प्रयास नगरेको ?

१३ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको जीवनशैलीमाथि पनि प्रश्न उठाउनुभएको छ ।

आफूलाई पूर्वाग्रहपूर्ण तरिकाले भ्रष्टाचारको घटनामा जोडेको भन्दै ओलीले प्रचण्डमाथि आक्रोश पोख्नुभएको छ । नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको भन्दै ओलीले प्रचण्डप्रति हमला गर्नुभएको छ ।

त्यति मात्रै होइन उहाँले अपारदर्शी जीवनशैलीको विषयमा अनुसन्धान गर्न तयार हो रु भनि प्रचण्डलाई प्रश्न पनि गर्नुभएको छ ।

उहाँले भ्रष्टाचारमा आफूलाई जवर्जस्ती जोड्नुले प्रचण्डमा रहेको पूर्वाग्रह मात्रै दर्शाउने समेत उल्लेख गर्नुभएको छ । प्रचण्डले लगाएका आरोप मध्ये वाइडबडी खरिद गर्दा, ३८ क्विन्टलभन्दा बढी सुनको तस्करी हुँदा, ललितानिवास प्रकरण शुरु हुँदा को सरकारमा थियो भनेर प्रश्न गर्नुभएको छ ।

सेक्युरिटी प्रिन्टङ प्रेस खरिद काण्डमा ओलीले यसबार नीतिगत काम मात्रै अघि बढेको तर कुनै सम्झौता नभएको भन्दै वचाउको प्रयास गर्नुभएको छ ।

यस्तै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको विषयमा उठाइएका प्रश्नको जवाफ दिँदै प्रचण्डसँग यसअघि नेपाली भूमि फिर्ता ल्याउन किन प्रयास नगरेको भनेर प्रश्न गर्नुभएको छ ।

ओलीले दुई–दुई चोटी प्रधानमन्त्री बन्दा लिपुलेक र लिम्पियाधुराको नाम उच्चारण गर्न के कुराले छेकेको थियोरु भन्दै प्रचण्डलाई सोध्नुभएको छ ।

यस्तै विराटनगरस्थति भारतीय सम्पर्क कार्यालय समेत प्रचण्डले हटाउन नसकेको भन्दै कटाक्ष गर्नुभएको छ । केपी ओलीले मित्र राष्ट्रसँगको सम्बन्ध बिगार्‍यो, हामी सपार्छौैँ’ भन्दै आफुलाई प्रधानमन्त्रीबाट हटाइएको प्रसंग निकालेर उहाँले कोशीमा आएको बाढीमा सहजीकरण गर्न स्थापना गर्न खोलिएको भारतीय कार्यलय हटाउन किन गाह्रो पर्‍यो ? भनि प्रश्न गर्नुभएको छ ।

प्रचण्डलाई विदेशी गुप्तचर पदाधिकारीसँगको अपारदर्शी भेट र सम्बन्धमा एकखालको लत नै बसेको र जानकारले अनेकौँ पुस्तक, अनुसन्धान र मन्तव्यमार्फत् त्यसको खुलासा गरेको भन्दै ओलीले संवेदनशील विषयलाई व्यक्तिगत तुष पोख्ने माध्यम नबनाउन आग्रह गर्नुभएको छ ।

ओलीले सचिवालय बैठकमा पेश गर्नु भएको प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्