Main News

९३६८ जनाको परीक्षण गर्दा १३८० जनामा कोरोना पुष्टि, थप १९ जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर १३ गते १६:२९
९३६८ जनाको परीक्षण गर्दा १३८० जनामा कोरोना पुष्टि, थप १९ जनाको मृत्यु

१३ मंसिर, २०७७ काठमाडौं । नेपालमा पछिल्लो पटक कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

काठमाडौं उपत्यकामा ६ सय ४५ जना संक्रमित थपिएका हुन् । त्यस्तै ललितपुरमा १२४ जना र भक्तपुरमा ३६ संक्रमित भए । उपत्यका बाहिर झामामा ६८ रुपन्देहीमा ५८ मोरङमा ४१ संक्रमित थपिए।


पछिल्लो पटक ५ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै २ लाख ११ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको ।

देशभर हाल १२ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन् । कुल १८ हजार ८३ जना सक्रिय संक्रमितमध्ये १२ हजार ५ सय ४६ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाँकी ५ हजार ५ सय ३७ जना संस्थागत आइसोलेसनमा छन् । देशभर तीनसय २५ जनाको आइसीयू र ५० जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *