Main News

उद्योग वाणिज्य महासंघको निर्वाचन आज, काठमाडौँका विभिन्न तीन स्थानमा मतदान

हिमालय टिभी
२०७७ मंसिर १३ गते ८:५६
उद्योग वाणिज्य महासंघको निर्वाचन आज, काठमाडौँका विभिन्न तीन स्थानमा मतदान

१३ मंसिर, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज काठमाडौंका विभिन्न तीन स्थानमा हुँदैछ ।

कोरोना महामारीकाबीच जुममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट उद्घाटन गरे पनि आज मतदान हुन लागेको हो । महासंघको ५४औं वार्षिक साधारण सभामा हिजो बन्दसत्र सम्पन्न भएसँगै आगामी वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको हो ।

जसअनुसार ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लीलामणि पौडेलले अध्यक्षबाहेक महासंघको अन्य नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु भएको जानकारी दिनुभयो ।

मतदान दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला तथा नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ ।

कोरोना संक्रमित मतदाता व्यवसायीहरूका लागि पनि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदानको व्यवस्था मिलाइएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

कुनै विवाद र समस्यान आए आज राति नै मतपरिणाम आउने निर्वाचन समितिले जनाएको छ । वर्तमान विधानअनुसार आजदेखि नै अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासङ्घको अध्यक्ष हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *