Political Hightlights
ओली र प्रचण्डका कारण नेकपाभित्र संकटः मुख्यमन्त्री पोखरेल
२०७७ मंसिर १२ गते १५:०७
१२ मंसिर, २०७७ बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टीभित्र संकट देखा परेको बताउनु भएको छ ।
रुपन्देहीको सैनामैनामा भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले पार्टीभित्र समझदारी कायम गर्दै पार्टीलाई बलियो बनाउन दुवै नेतालाई आग्रह गर्नुभयो ।
राजनीतिक अस्थिरताको संकेत देखिएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसको सामना गर्ने पनि बताउनुभयो ।
लुम्बिनी प्रदेशले छोटो समयमा नै संघीयता कार्यान्वयमा अघि बढेको पोखरेलले बताउनुभयो । प्रदेश सरकारले छोटो समयमै आवाधिक आयोजना बनाएको बताउँदै अब दीर्घकालिन योजना तर्जुमा गरिने जानकारीसमेत दिनुभयो ।
प्रतिक्रिया