Main News

कोरोना संक्रमणबाट मोरङमा प्रहरी निरीक्षक र तत्कालीन गाविस अध्यक्षको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर ९ गते १३:४४
कोरोना संक्रमणबाट मोरङमा प्रहरी निरीक्षक र तत्कालीन गाविस अध्यक्षको मृत्यु

९ मंसिर, २०७७ मोरङ । कोरोना संक्रमणबाट मोरङमा पूर्व गाविस अध्यक्ष र प्रहरी निरिक्षकको मृत्यु भएको छ ।

मोरङको तत्कालिन पथरी गाउँ विकास समितिका पूर्व अध्यक्ष तिलक वान्तवा राईको कोरोना भाइरस संक्रमणका कारण आज बिहान मृत्यु भएको हो ।

६६ वर्षीय राईको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि घरमै आराम गरिरहेका बेला पुनः श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि विराट शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार गरिँदै आएकोमा राईको आज बिहान निधन भएको हो ।

यस्तै सशस्त्र प्रहरी बलका निरीक्षक नवीन बुढाथोकीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुढाथोकीको विराट मेडिकल कलेज विराटनगरमा उपचारकै क्रममा गएराति मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनुभयो ।

तेह्रथुम स्थायी घर भएका बुढाथोकी हाल ३ नं गण मोरङमा कार्यरत रहेका थिए। कोरोना संक्रमणबाहेक उनलाई अन्य दीर्घ रोगहरु भने नदेखिएको अस्पतालले जनाएको छ। उनी कोरोना संक्रमण नियन्त्रणकै काममा खटिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *