Main News

ललिता निवास प्रकरणमा पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा

हिमालय टिभी
२०७७ मंसिर ८ गते १९:०४
ललिता निवास प्रकरणमा पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा

८ मंसिर, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा मुद्दा चलाएको पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा हुनुभएको छ ।

विशेष अदालतमा आज हाजिर भएका जोशीलाई न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले साधारण तारेखमा रिहा गरेको हो ।

मन्त्रिपरिषदमा आएको फाइललाई सदर गरेकै आधारमा जोशीलाई आयोगले ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।

आयोगले ललिता निवास जग्गा प्रकरणमा १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो। जोशी नेकपा संयुक्तका तर्फबाट तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारमा २०६९ जेठमा जम्मा १ सय २० दिन भूमि सुधार मन्त्री हुनु भएको थियो ।

बालुवाटरको प्रधानमन्त्री निवाससँगै जोडिएको १ सय १३ रोपनीभन्दा बढी सरकारी जग्गा मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गरेको पाइएपछि छानविन अघि बढाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *