Main News
धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
२०७७ मंसिर ८ गते १३:१४

८ मंसिर, २०७७, सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मोरङको सुन्दर हरैचाका ६७ वर्षीय पुरुषको आज बिहान पौने ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। गत कात्तिक २६ गते कोरोना पोजेटिभ देखिएका उनलाई यही मंसिर १ गते अस्पताल भर्ना गरिएको थियो।
यसैगरी इलामका २५ वर्षीय पुरुषको पनि उपचारका क्रममा वीपी प्रतिष्ठानमा मृत्यु भएको छ। गएराति साढे ९ बजे मृत्यु भएका उनलाई यही मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया