लोडसेडिङ हुन नदिन भारतबाट २५० मेगावाट विद्युत ल्याउने प्राधिकरणको तयारी

७ मंसिर, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जाडोका बेला लोडसेडिङ हुन नदिन भारतबाट २ सय ५० मेगावाट बिजुली ल्याउने भएको छ ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढल्केवर–मुजफ्फपुर लाइनमार्फत २ सय ५० मेगावाटसम्म बिजुली आयात गरिने जानकारी दिनुभएको हो ।
बर्खामा नेपालकै बिजुली खेर गएको भए पनि यो वर्ष पुस–माघमा भारतबाट बिजुली ल्याउनुपर्ने अवस्था छ । आउँदो वर्षदेखि भने जाडोयाममा पनि नेपालकै बिजुली खेर जानेछ ।
त्यसैले विद्युत खपत बढाउन र निर्यात गर्न प्राधिकरणले अहिले देखिनै योजनावद्ध रुपमा काम गरिरहेको पनि कायममुकाम कार्यकारी निर्देशक शाक्यले दावी गर्नुभयो ।
विद्युत वितरणमा केही समस्या भएकाले बेलाबेलामा बत्ती जाने गरेको भन्दै उहाँले समस्या समाधान गर्न प्राधिकरण लागिरहेको पनि शाक्यले बताउनुभयो ।
Corruption is the only thing they know to do
Kulmaan ko paala ma ta hamrai Nepal ko bidhut le nai ZERO load shedding thiyo. Ab kin na pugeko hola??? Something is wrong with the present system.
थुक्क! कुलमानलाइ विजुली कहाँ बेच्ने भन्ने चिन्ता हुन्थ्यो। यो केपि को पुच्छर ले आज सार्है दुखको कुरा सुनायो।