८०३२ जनामा परीक्षण गर्दा १६६९ जनामा कोरोना पुष्टि, थप १६ जनाको मृत्यु
७ मंसिर, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९० प्रतिशतभन्दा धेरै पुगेको छ । पछिल्लो पटक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ९० दशमलव तीन प्रतिशत निको भएका छन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ३२ जनाको नमूना परीक्षण गर्दा एक हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका तीन जिल्लामा मात्रै ९ सय १७ संक्रमित थपिए । काठमाडौं मा ७ सय ३३ जना ललितपुरमा १३१ र भक्तपुरमा ५३ जना संक्रमित थपिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ मात्रै रहेको छ । त्यसैगरी पछिल्लो पटक देशभर थप ५ हजार ६ सय ९९ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ ।
प्रतिक्रिया