Main News

तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ भोलिदेखि सर्वसाधारणका लागि खुल्ने

हिमालय टिभी
२०७७ मंसिर ६ गते १३:१९
तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ भोलिदेखि सर्वसाधारणका लागि खुल्ने

६ मंसिर, २०७७ काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ भोलिदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्थे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएदेखि श्री सदन बन्द छ ।

२०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आइतबारदेखि सबैले अवलोकन गर्न पाउने गरी श्री सदन र गणतन्त्र स्मारक खुल्ला हुने जानकारी दिनुभयो।

आज दिउँसो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक घोषणा गर्ने र भोलिदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुला हुने दाहालले जानकारी दिनुभयो ।

आइतबारबाट गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला गरिने छ । २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारक उदघाटन गरे पनि अवलोकनका लागि खुल्ला भएको छैन ।

राजा वीरेन्द्रकै डिजाइनमा २०२३ सालमा बनेको तीन तले श्री सदन भवनमा १२ वटा कोठा छन् । श्री सदनमा राजा वीरेन्द्र र उनको परिवारले प्रयोग गर्ने सबै सामग्रीहरु पनि राखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *