गण्डकीमा १३९ जना सङ्क्रमित थपिए, आठ जनाको मृत्यु

रासस
२०७७ मंसिर ५ गते २०:३३

गण्डकीमा १३९ जना सङ्क्रमित थपिए, आठ जनाको मृत्यु

५ मंसिर, २०७७ गण्डकीं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं ५ का ६६ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका वडा नं ४ का ५१ वर्षीय पुरुष छन् ।

कास्कीको पोखरा महानगरपालिका, वडा नं ८ का ५४ वर्षीय, वडा नं ९ का ६८ वर्षीय, वडा नं १३ का ५५ वर्षीय, वडा नं १७ का २९ वर्षीय, वडा नं २१ का ७५ वर्षीय र वडा नं २७ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोराना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १३९ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या १० हजार ८२७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्मले जानकारी दिनुभयो ।

प्रदेशमा हालसम्म छ हजार ७४ निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६१४ पुगेको निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *