Political Hightlights

नेकपा विवादका विषयमा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच छलफल

हिमालय टिभी
२०७७ मंसिर ५ गते १३:०३
नेकपा विवादका विषयमा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच छलफल

५ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चरम उत्कर्षमा पुगेको विवाद समाधानका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच विवाद समाधानका उपायमाथि छलफल भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा नै महासचिव पौडेलले प्रचण्डसँग छलफल गर्नुभएको हो । प्रचण्डसँग भेट्नुअघि पौडेलले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गर्नुभएको थियो ।

मन्त्रिपरिषद् पुनर्गठन र कर्णाली प्रदेशको विवादलाई लिएर बल्झिएको विवादमा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा ओलीमाथि संगीन आरोप लगाउँदै राजनीतिक प्रतिवेदन पेस गरेपछि घटनाक्रमले नयाँ रुप लिएको छ ।

प्रधानमन्त्री ओलीले पनि आगामी सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने बताएपछि थप अन्योलतर्फ नेकपाको विवाद गएको छ । पछिल्लो समय नेकपाको विवाद मिल्ने भन्दा पनि एकमाथि अर्को विवाद थपिँदै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्