Main News

विश्व शौचालय दिवसका अवसरमा चेतनामूलक कार्यक्रम गरिँदै

हिमालय टिभी
२०७७ मंसिर ४ गते ७:३४
विश्व शौचालय दिवसका अवसरमा चेतनामूलक कार्यक्रम गरिँदै

४ मंसिर, २०९७७ काठमाडौं । आज विश्व शौचालय दिवस, विविध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

शौचालय वा सरसफाई अभावले मानिसको जीवनयापनमा पुर्‍याउने असरमा केन्द्रित गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ। विश्वमा अझै पनि करिब दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ।

हरेक १० मध्ये एक जनाले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन्। सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर विश्वमा हरेक वर्ष एक लाख १५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ।

घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रित गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ।

नेपाललाई २०७६ साल असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिएको छ। तर ग्रामीण क्षेत्रमा अझै पनि सहज शौचालय व्यवस्थापन हुन सकेको छैन ।

काठमाडौं उपत्यका लगायत, अन्य शहर तथा राजमार्गका व्यस्त चोकहरूका भएका सार्वजनिक शौचालय पनि सरसफाइ एवं पूर्वाधारजन्य हिसाबले नाजुक अवस्थामा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *