Main News

६७३१ जनाको पीसीआर गर्दा १४४२ जनामा कोरोना पुष्टि, थप १२ जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर ३ गते १६:३०
६७३१ जनाको पीसीआर गर्दा १४४२ जनामा कोरोना पुष्टि, थप १२ जनाको मृत्यु

३ मंसिर, २०७७ काठमाडौं । पछिल्लो पटक थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक नेपालमा १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।

देशभरी ६ सय ७ सय ३१ जनाको मात्रै परीक्षण गरिएकाले कम संख्यामा संक्रमित भेटिएको हो । चाडपर्वका बेला कम सङ्ख्यामा परीक्षण भएका छन् ।

आइतबार १ हजार ४ सय ७७ जना, सोमवार १ हजार १ सय ९७ र हिजो ५ सय २ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत कात्तिक ५ गते सर्वाधिक ५ हजार ७ सय ४३ जना सङ्क्रमित फेला परेका थिए।

यद्यपी काठमाडौंमा परीक्षण बढी हुने र संक्रमितको संख्या पनि बढी भेटिने क्रम जारी छ । उपत्यकामा पछिल्लो पटक १ हजार ३८ जना संक्रमति थपिएका छन्।

पछिल्लो पटक ३ हजार पाँच सय ३८ जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या एक लाख ८२ हजार ७ सय ८० पुगेको छ । अहिले नेपालमा २८ हजार ८ सय ७८ जना सक्रिय संक्रमित छन्।

नेपालमा हालसम्म १६ लाख २३ हजार ७ सय ५४ जनाको पीसीआर परीक्षण भएको छ। हाल क्वारन्टिनमा ९ सय १० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *