Main News

तनहुँको मानहुँकोटमा माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते

हिमालय टिभी
२०७७ मंसिर ३ गते ८:२६
तनहुँको मानहुँकोटमा माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते

३ मंसिर, २०७७ तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।

पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख२९४२ नम्बरको माइक्रो बस मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट खोल्सा खसेर दुर्घटना हुँदा पोखरा महानगरपालिका तल्लो गगनगौडाकी २८ वर्षीया सुनिता गुरुङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनको उपचारको क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा पाँच जना घाइते भएका छन् । उनीहरुको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । मानहुँकोट पुग्ने बेला ढलान गरिएको उकालोमा ब्याक भएर उक्त दुर्घटना भएको बताइएको छ । माइक्रो सडकदेखि झण्डै ६ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *