Main News

नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर २ गते १६:०७
नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु

२ मंसिर, २०७७ काठमाडौं । नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २११४७५ पुृगेको छ। आज देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले नजाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई कोरोना संक्रमण देखिएको छ। यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ।

नेपालमा थप २८७८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७९२४२ पुगेको छ।

अहिले क्वारिन्टिनमा १ हजार १३ जना छन् । पछिल्लो २४ घण्टामा ३ हजार ११२ पिसिआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म १६ लाख १३ हजार ९११ जनामा पीसीआर परीक्षण गरिएको तथ्यांक छ ।

देशभर ३ सय ५६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आइसीयुमा उपचाररत रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *