Political Hightlights

प्रचण्डको आरोप झुटो हो जवाफ दिन्नँः प्रधानमन्त्री ओली

हिमालय टिभी
२०७७ कार्तिक ३० गते २०:०७
प्रचण्डको आरोप झुटो हो जवाफ दिन्नँः प्रधानमन्त्री ओली

३० कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोप झूटो भएकाल जवाफ नदिने बताउनुभएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा ओलीले झुटो आरोपको जवाफ दिनु कुनै जरुरी नभएको बताउनुभएको छ । आफूमाथि यसैगरी आरोप लगाउने हो भने आफू पनि अर्को चरम कदम चाल्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

बैठकमै बसेर आरोपको खण्डन गर्न सकिने वरिष्ठ नेता नेपालको सुझावमा ओलीले यस्तो अडान राख्नुभएको हो । ओलीले आफूमाथिको आरोपलाई वाहियात र झुटा भन्नुभएको छ । तर नेपालले अर्को किनारामा नपुग्न सुझाव दिनुभएको छ ।

शुक्रबारको सचिवालय बैठकपछि नेकपाको आन्तरिक राजनीतिमा थप तरंग उत्पन्न भएको छ ।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीको राजीनामा माग्ने आशयको राजनीतिक प्रस्ताव पेश गरेपछि त्यसको ‘काउन्टर’ कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सघन सम्वाद अगाडि बढाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्