Main News

नेपालमा थप १४७७ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ३० गते १६:२८
नेपालमा थप १४७७ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

३० कात्तिक, २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ हजार ४ सय ७६ जनामा परीक्षण गर्दा एक हजार ४ सय ७७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

काठमाडौं उपत्यकामा ८०७ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ६३२, भक्तपुरमा ४२ र ललितपुरमा १३३ जना थप संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

अब काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ७८ हजार २७७, भक्तपुरमा ७ हजार ८६ र ललितपुरमा ११ हजार २९५ जना संक्रमित पुगेका छन्। उपत्यकामा कुल संक्रमितको संख्या ९६ हजार ६५८ पुगेको छ।

हाल काठमाडौंमा ११ हजार ३२८ जना, भक्तपुरमा १ हजार २८ जना र ललितपुरमा १९५९ जना सक्रिय संक्रमित छन्। हालसम्म काठमाडौंमा २९९ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा ८४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।


पछिल्लो २४ घण्टामा २हजार ७ सय ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन। यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ७३ हजार ४ सय ३० पुगेको छ । ३५ हजार एक सय २५ सक्रिय संक्रमित रहेका छन ।

पछिल्लो पटक ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या एक हजार २ सय २१ पुगेको छ । हाल क्वारेन्टाइनमा १ हजार २१ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *