Main News

निर्दयी श्रीमान: जसले आफ्नै श्रीमति र छोरीलाई एसिड छ्याप्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २९ गते २०:१४
निर्दयी श्रीमान: जसले आफ्नै श्रीमति र छोरीलाई एसिड छ्याप्यो (भिडियोसहित)

२९ कात्तिक, २०७७ धनुषा । सरकारले एसिड आक्रमणमा संलग्नलाई २० वर्षसम्म जेल सजाय हुने गरी कडा कानून बनाए पनि एसिड आक्रमण रोकिएन । लक्ष्मीपूजाको दिन आज बिहान धनुषामा एक पुरुषले ३ वर्षकी छोरी र २० वर्षकी श्रीमतिलाई एसिड हानेका छन् ।

आज लक्ष्मीको पूजा आराधना र उत्सव गर्ने दिन । तर यो लक्ष्मी पूजाको दिन धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ की २० वर्षीया आरती देवी साहका लागि जीवनकै कालो दिन बन्यो । घरायसी विवादमा उहाँमाथि श्रीमानले एसिड हाने । सञ्जिव साहले श्रीमतीलाई मात्र हैन, लक्ष्मी रुपी छोरीलाई समेत बाँकी राखेनन् । आरतीको काखमा रहेकी ३ वर्षकी छोरीलाई समेत उनले एसिड हाने ।

एसिड लागेर गम्भीर भएकी आरती र छोरी रियाको जानकी हेल्थकेयर एन्ड टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । एसिड हान्ने सञ्जिवलाई भने प्रहरीले पक्रेको छ ।

श्रीमान सञ्जिवसँग मनमुटाव बढेपछि आरती छोरीलाई लिएर माइतीमा बस्दै आउनु भएको थियो । र उहाँहरुबीच सम्बन्ध विच्छेदको तयारी समेत भइरहेको थियो ।

असोज ७ गतेको मन्त्रिपरिषद बैठकले तेजाब आक्रमणबाट कसैको शरीरमा पूर्ण क्षति भए २० वर्षसम्मको कैद सजाय हुने गरेर अध्यादेश ल्याएको छ। यसअघि मुलुकी संहितामा तेजाब आक्रमणका घट्नामा क्षतिपूर्तिको अवस्था हेरेर अधिकतम ८ वर्षसम्म मात्र कैदको प्रावधान थियो ।

यसबाहेक सरकारले तेजाबको खुला विक्री वितरणमा पनि कडाइ गर्दै अनुमतिपत्र अनिवार्य बनाएको छ । तर पनि एसिडको खुल्ला व्यापार हटेको छैन । त्यसैले आरती र रियाहरु एसिड आक्रमणमा परिरहनु परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *