Political Hightlights

अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता हुँदैनः वरिष्ठ नेता खनाल

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १८:५०
अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता हुँदैनः वरिष्ठ नेता खनाल

२९ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव फिर्ता नहुने बताउनुभएको छ ।

ओली पक्षीय केही नेताले प्रस्ताव फिर्ता लिनुपर्ने बताइरहेका बेला खनालले प्रचण्डको प्रस्तावमाथि सचिवालयमा छलफल हुने बताउनुभएको हो ।

हिमालय टेलिभिजनसँगको छोटो प्रतिक्रियामा खनालले प्रचण्डले आफूहरुसँग छलफल गरेर नै प्रस्ताव ल्याएको जानकारी दिनुभयो ।

खनालले भन्नुभयो–प्रस्ताव फिर्ता होइन, सचिवालयमा त्यसमाथि छलफल हुन्छ ।’ खनालले प्रचण्डसहित पाँच जना नेताको छलफल र सहमतिमा प्रस्ताव तयार भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्