Main News

कोरोना संक्रमित सुत्केरी किशोरीको उपचारका क्रममा मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १५:४९
कोरोना संक्रमित सुत्केरी किशोरीको उपचारका क्रममा मृत्यु

२९ कात्तिक, २०७७ धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया संक्रमित एक किशोरीको मृत्यु भएको छ ।

सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो ।

शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *