Political Hightlights

प्रचण्डको प्रस्तावले नेकपामा नयाँ तरङ्ग, पक्ष र विपक्षमा फेसबुक वार

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १४:४९
प्रचण्डको प्रस्तावले नेकपामा नयाँ तरङ्ग, पक्ष र विपक्षमा फेसबुक वार

२९ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्तावलाई लिएर नेकपाका दोस्रो तहका नेता वादविवादमा उत्रिएका छन् ।

ओली पक्षका नेताले प्रस्तावको विरोध गर्दै फिर्ता लिन माग गरेका छन् भने प्रचण्ड पक्षका नेताले छलफलबाट आत्तिन नहुने भन्दै यसलाई नयाँ बहसको शुरुवात भनेका छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं ओली पक्षीय स्थायी कमिटी सदस्य शंकर पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्ताव पार्टी एकताको मर्मविपरीत भन्दै फिर्ता लिन आग्रह गर्नुभएको छ ।

फेसबुकमार्फत पोखरेलले प्रचण्डको प्रस्तावको विरोध गर्नुभएको हो । पोखरेलले प्रथम अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध प्रचण्डले संगीन आरोप लगाएको र त्यो प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको टिप्पणी गर्नुभएको छ ।

प्रचण्डलाई प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन मुख्यमन्त्री पोखरेलले अनुरोध गर्नु भएको छ । तर प्रचण्डपक्षीय स्थायी कमिटी सदस्य एवं उर्जामन्त्री वर्षमान पुनले लिखित प्रस्तावले नयाँ बहसको शुरुवात गरेको प्रतिक्रिया दिनुभएको छ ।

फेसबुकमा मन्त्री पुनले अन्तर्बिरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु नहुने तर्क गर्नुभएको छ । बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि,पद्धति र राजनीतिक संस्कारको विकास गर्नुपर्नेमा पुनको जोड छ ।

यस्तै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले पनि प्रस्ताव फिर्ता लिन माग गुर्नभएको छ । फेसबुकमा थापाले प्रचण्डको प्रस्ताव अराजनीतिक अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको टिप्पणी गर्नुभएको छ ।

प्रस्तावमा पार्टीका कुनै कमिटीमा छलफल हुन नसक्ने थापाको तर्क छ । प्रस्ताव फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको थापाले उल्लेख गर्नुभएको छ ।

यस्तै प्रचण्ड पक्षका युवा नेता एवं युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले प्रचण्डको प्रस्ताव सही भएको दावी गर्नुभएको छ । फिर्ता लिनुपर्ने आग्रहलाई सापकोटाले अराजनीतिक र असांगठानिक कुरा भन्नुभएको छ ।

ओलीले गरेका सबै एकल निर्णय र मनोमानी फिर्ता लिएर आत्मालोचना गरे मात्रै प्रचण्डले प्रस्ताव फिर्ता लिनु ठीक हुने सापकोटाको जिकीर छ । प्रस्तावमाथि छलफल हुन दिन र नधम्क्याउन सापकोटाको आग्रह छ ।

प्रचण्डले हिजो पेश गरेको प्रस्तावका विरुद्ध ओली पक्षले प्रतिवाद गर्न शुरु गरेको छ र त्यो सबैभन्दा पहिले ओलीका विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल र प्रेस सल्लाहकार थापाबाठ भएको छ । प्रचण्डले हिजो सचिवालयमा एकल प्रस्ताव पेश गर्दै सबै समस्या ओलीका कारण भएको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्