Main News

मध्य तिहारमा पनि पोखरेली किसानलाई धान काट्न भ्याइनभ्याई (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १४:२१
मध्य तिहारमा पनि पोखरेली किसानलाई धान काट्न भ्याइनभ्याई (फोटो फिचरसहित)

२९ कात्तिक, २०७७ पोखरा । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार शुरु भइसकेको छ । सबैतिर तिहारको चहलपहल छ । तर, यो मध्य तिहारमा पनि पोखरा महानगरपालिका–१७ विरुवा फाँटका किसानलाई धान काट्न भ्याई नभ्याई छ ।

यस वर्ष अधिकमासका कारण दशैंतिहार पछाडि धकेलिएको र धान काट्ने समयमा तिहार परेकाले पर्वको प्रवाह नगरी किसानहरु धान काट्न व्यस्त देखिएका हुन् ।

पोखरा महानगरपालिका–१७ विरुवा फाँटका किसान यतिबेला धान काट्न व्यस्त छन् । यसवर्ष धान काट्ने समयमा तिहार परेको छ । तैपनि किसान चाडपर्वको प्रवाह नगरी वर्षभर खाने अन्न थन्क्याउन जुटेका छन् ।

छिटछिटो धान काटेर तिहार मनाउने योजना किसानहरुको छ । किसानहरुले यस वर्ष धानमा हाल्ने मल नपाउँदा उत्पादन कम भएको गुनासो गरेका छन् । सरकारले समयमै मल उपलब्ध नगराइदिँदा आफुहरु मारमा परेको उनीहरुले बताए ।

अघिल्लो वर्षहरुमा तिहार सकिएपछि मात्रै धान काट्ने समय आउँथ्यो । तर यस वर्ष चाडपर्व र धान काट्ने समय एकैपटक परेपछि अधिकांश किसानहरु खेतमा देखिएका छन् ।

त्यसैले किसानहरु धान काटेर तिहार मनाउने र तिहारपछि धान उठाउने काममा लाग्ने योजनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *