२८ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै विज्ञले नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै आएका छन् ।
कोरोना संक्रमणका कारण आफन्त गुमाएका र महिनौ अस्पताल बस्नु परेकाहरुले पनि यसलाई सामान्य रुपमा नलिन भनिरहेका छन् । तर आम नागरिकले भने लापरवाही गर्न छाडेका छैनन् ।
तिहारको किनमेल गर्न काठमाडौंको मुख्य बजारमा आज देखिएको भिडले यहि पुष्टि गर्छ ।