Main News

थप २१११ जना कोरोना संक्रमित थपिए, थप १३ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २८ गते १६:२९
थप २१११ जना कोरोना संक्रमित थपिए, थप १३ जनाको मृत्यु

२८ कात्तिक, २०७७ काठमाडौं । थप दुई हजार १ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ६ हजार ३५३ पुगेको छ ।

थप ९ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ६८ हजार १२९ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर तीन हजार पाँच सय ३७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३७ हजार २२ जना सक्रिय सङक्रमित रहेका छन् ।

काठमाडौँ उत्यकामा थप एक हजार २०७ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ९१९, ललितपुरका १८० तथा भक्तपुरका १०८ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौँका ७७ हजार तीन, ललितपुरका ११ हजार ५७ तथा भक्तपुरका ६ हजार ९५६ जना संक्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ६० हजार २६६, ललितपुरमा ८ हजार तथा भक्तपुरमा ५ हजार ६१३ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा तीन, ललितपुरमा दुई तथा भक्तपुरमा एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अहिलेसम्म कोरोनाबाट काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ४५३ को मृत्यु भएको छ । काठमाडौँमा २९६, ललितपुरमा ८१ त्था भक्तपुरमा कोरोनाबाट ७६ जनाको ज्यान गएको हो ।

नेपालमा कोरोना सङ्क्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या एक हजार २०२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *