Main News

तिहार नजिँकिएसँगै बढ्यो ढाका टोपी व्यापार (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १६:१०
तिहार नजिँकिएसँगै बढ्यो ढाका टोपी व्यापार (फोटो फिचरसहित)

२६ कात्तिक, २०७७ काठमाडौं । ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतीक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ । तिहारमा भाइटीकाको दिन दाजुभाइले ढाका टोपी लगाउने प्रचलन छ ।

तिहारमा दिदीबहिनीले पनि दाजुभाइलाई ढाकाटोपी उपाहर दिने गर्छन् । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुनेगर्छ । यसपटकको तिहारमा कोभिडको असर भएपनि ढाका टोपीको व्यापार भने बढेको व्यापारीहरु बताउँछन् ।

ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव पनि हो । ढाकाटोपी केवल शीर ढाक्ने वस्त्रको रुपमा मात्र नभएर नेपाली समाजको आफ्नै पहिचान पनि हो । यो हाम्रो आस्थाको प्रतीक पनि हो ।

त्यसैले विभिन्न चाडपर्व, विवाह व्रतवन्धन, सभा सम्मेलनमा ढाकाको टोपी लगाउने प्रचलन छ । तिहारमा पनि ढाका टोपीको प्रयोग गरिन्छ । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरङ्गी टिका र शीरमा ढाकाटोपीले हरेक दाजुभाइ तिहारको दिन सजिने गर्दछन् । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन पनि छ ।

त्यसैले तिहार नजिकिँदै जाँदा ढाकाका टोपीको व्यापार पनि बढ्दै जाने गरेको व्यपारीहरु बताउँछन् । यसपटक सबै क्षेत्रमा कोभिडको असर परे पनि ढाका टोपीको व्यापारमा कुनै असर नपरेको व्यापारीहरुको भनाइ छ ।

ढाका टोपीको नेपाली समाजमा खास महत्व र अर्थ छ । ढाका टोपी प्रति हाम्रो भावनात्मक सम्बन्ध भएकै कारण राष्ट्रिय पोशाकको रुपमा समेत स्थापित छ । पछिल्लो समय नयाँ पुस्ताले पनि ढाका टोपीको प्रयोग गर्ने प्रचलन बढेकाले व्यापारमा वृद्धि हुँदै गएको छ । चाडपर्व मात्र नभई विभिन्न सभा सम्मेलनमा सहभागी हुँदा समेत ढाका टोपीको प्रयोग गर्ने प्रचलनले व्यापार बढेको शिलवालको भनाइ छ ।

नयाँ पुस्ताले ढाका टोपी लगाउने प्रचलन बढेपनि तिहारमा ढाकाटोपीभन्दा अन्य किसिमको लुगाफाटो उपहार दिने प्रचलन पनि झाँगिदै गएको छ । यसले भाइटीकामा ढाका टोपीको प्रयोग गर्ने र भाइटीकाको दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यतालाई पनि चुनौती दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *