Main News

कोरोना संक्रमणबाट पछिल्लो ९ घण्टामा मोरङमा उपचाररत थप ९ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २५ गते १२:४९
कोरोना संक्रमणबाट पछिल्लो ९ घण्टामा मोरङमा उपचाररत थप ९ जनाको मृत्यु

२५ कात्तिक, २०७७ विराटनगर । कोरोना संक्रमणबाट मोरङमा पछिल्लो ९ घण्टमा ९ जना जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र सुन्दरहरैंचा नगरपालिकामा एक जना संक्रमितको होमआइसोलेसनमै मृत्यु भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले विराटनगरको नोबेल अस्पतालमा पाँच जना ,कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, न्युरो अस्पतालमा एक र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको जनाएको छ ।

नोबेल अस्पतालमा झापा गौरादह–५ का ६५ वर्षीय पुरुष, तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय पुरुष, झापाको हल्दिबारी–४ का ७० वर्षीय पुरुष, मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय पुरुष र उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको मृत्यु भएको छ।

यस्तै, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया महिला, सुनसरीको इटहरी–५ की वृद्धाको मृत्यु भएको हो । विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया महिलाको आफ्नै घरमा मृत्यु भएको छ ।

ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मृगौला र मुटु सम्बन्धी पुरानै समस्या रहेकाहरुको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् । यो सँगै प्रदेश १ मा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ७७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *