Main News

सक्किगोनि हेर्नुस अब हिमालय टेलिभिजन एचडीमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २४ गते २०:१७
सक्किगोनि हेर्नुस अब हिमालय टेलिभिजन एचडीमा (भिडियोसहित)

२४ कात्तिक, २०७७ काठमाडौं । डान्सिङ विथ द स्टार्स, द भ्वाइस अफ नेपाल, हिमालय रोडिजलगायतका अन्तर्राष्ट्रियस्तरका कार्यक्रम उत्पादन र प्रसारण गरिरहेको हिमालय टेलिभिजन एचडीले अबदेखि चर्चित हाँस्य श्रृङ्खला सक्किगोनि पनि प्रसारण गर्ने भएको छ । यसअघि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको सक्किगोनि लकडाउनका कारण बन्द भएको थियो । तर अब यो शो मंसिर २५ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

विभिन्न पात्रका माध्यमबाट दर्शकको मन जित्न सफल हाँस्य टेलिश्रृङखला सक्किगोनि शहरदेखि गाउँसम्म चर्चित छ । तर, चैतमा लकडाउन शुरु भएसँगै यसको उत्पादनमा समस्या भयो । र प्रसारण बन्द भयो । देश विदेशबाट धेरै दर्शकले शो किन बन्द भएको भनेर सोधखोज गरे ।

तर अहिले कोरोना कहर बाँकी नै रहे पनि लकडाउन र निषेधाज्ञा हटेको छ । त्यसैले कार्यक्रम उत्पादन गर्न सहज हुने अनुमानका साथ सक्किगोनि टिम फेरि तातिएको छ । र कार्यक्रम उत्पादन तथा प्रसारणका लागि हिमालय टेलिभिजनसँग सम्झौता भएको छ । यो सम्झौतासँगै सबैको मनमा बस्न सफल टेलिश्रृङ्खला सक्किगोनि मंसिर २५ गतेदेखि हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुनेछ ।

हिमालय टेलिभिजन एचडीले अहिले डान्सिङ विथ द स्टार्स, द भ्वाइस अफ नेपाल, हिमालय रोडिजलगायतका अन्तरराष्ट्रियस्तरका कार्यक्रम उत्पादन र प्रसारण गरिरहेको छ । उसको सूचीमा अब सक्किगोनि थपिएको छ । यसबाट सक्किगोनि टिम खुसी छ ।

लाखौं दर्शक माझ लोकप्रिय कार्यक्रम सक्किगोनि जेपीटी क्रियशनले निर्माण गर्नेछ । यसको उत्पादन र प्रसारणमा उच्चस्तरीय प्रविधिको प्रयोग गरेर थप सफल पार्ने हिमालय टेलिभिजनको लक्ष्य छ ।

सक्किगोनि हाँस्य श्रृङ्खला सबैलाई मनोरञ्जन दिन सफल कार्यक्रम हो । दर्शकको मन जित्न सफल यो कार्यक्रम र अबका दिनमा लामो सहयात्रा हुनेछ ।

कार्यक्रमको बजारीकरण एडप्याड प्रालिले गर्ने छ । यससम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ । यो श्रृंखला डिजिटल प्लेट फर्ममा भने ओएसआर डिजिटलले वितरण गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *