Main News

पुस पहिलो सातादेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालनको तयारी

हिमालय टिभी
२०७७ कार्तिक २४ गते ७:३४
पुस पहिलो सातादेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालनको तयारी

२४ कात्तिक, २०७७, जनधपुरधाम । सरकारले पुस पहिलो सातादेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालनको तयारी थालेको छ ।

जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको हो । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको हो ।

कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

सरकारले सङ्क्रमण नियन्त्रणका लागि सीमामा आवतजावत रोकेकाले हाल अन्तरदेशीय रेल सञ्चान गर्न नसकिने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो ।

तत्कालका लागि देशभित्रै मात्र पनि रेल सञ्चालन गर्न सकिने तर त्यसका लागि जनशक्तिको आवयश्कता परेको उहाँको भनाइ छ । आउँदो पुसको पहिलो सातादेखि त्यस क्षेत्रमा रेल सञ्चालन गर्ने गरी छलफल गरिएको भट्टराईले जानकारी दिनुभयो ।

लोक सेवाको प्रक्रियाबाट पदपूर्ति गर्दा केही महिना लाग्न सक्ने भएकाले तत्कालका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करारमा कर्मचारी पठाउने तयारी समेत गरेको छ । रेल चलाउन दक्ष जनशक्ति भने भारतीय हुनेछन् ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *