Main News

नेपालमा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि, थप २१ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २३ गते १६:३२
नेपालमा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि, थप २१ जनाको मृत्यु

२३ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । १२ हजार ३ सय ११ नमूनाको पीसीआर परीक्षण गर्दा २८ सय १७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८ तथा संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

पछिल्लो पटक थपिएका मध्ये आधा भन्दा बढी काठमाडौं उपत्यकामा छन् । उपत्यकाका तीन जिल्लामा १५ सय ३३ जना संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा १२ सय ९४, ललितपुरमा १ सय ६२ र भक्तपुरमा ७७ जना छन् ।

उपत्यका वाहिर मोरङमा १ सय ५५, चितवनमा १ सय ५२, दाङमा ९८, कास्की र नवलपरासी पूर्वमा ८४(८४, सुनसरीमा ७३, रुपन्देहीमा ६९ र बाँकेमा ६८ संक्रमित थपिएका छन् । देशभर थप २८ सय १२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ । यो कुल संक्रमितको ८१ दशमलव १ प्रतिशत हो । अब ३५ हजार ४ सय १९ जना सक्रिय संक्रमित छन् ।

तिमध्ये करिव ३० हजार होम आइसोलेसनमा छन् । ३ सय ९८ जना आइसीयु र ८२ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *