Main News

उद्योगको बदमासीले जितपुर सिमराका बासिन्दालाई सास्ती (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २२ गते १४:२६
उद्योगको बदमासीले जितपुर सिमराका बासिन्दालाई सास्ती (भिडियोसहित)

२२ कात्तिक, २०७७, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको शिवशक्ति घ्यू उद्योगले फोहोरको उचित व्यवस्थापन नगर्दा स्थानीय समस्यामा परेका छन् । उद्योगबाट निस्कने फोहर पदार्थ जथाभावी फालिँदा उपमहानगरको वडा नम्बर। ५, ७ र ८ का बासिन्दा पीडित भएका छन् ।

शिवशक्ति घ्यु उद्योगबाट निस्कने फोहर पदार्थ अर्थात छाइको उचित व्यवस्थापन नगरिँदा हावाले उडाएर स्थानीय घरमा पुग्छ । त्यसले आफुहरुमा विभिन्न किसिमका रोग फैलिएको स्थानीयको गुनासो छ ।

छाईले स्थानीयको आँखा दुःख्ने, पाक्ने, जिउभरी घाउ खटिरा निस्कने गरेको छ । त्यत्तिमात्रै नभइ उद्योगबाट निस्कने फोहर पानी शुद्धिकरण बिना सिधै नदीमा मिसाउँने गरिएको छ । जसले नदीमा पानी खान जाने गाई, भैंसी बाख्रा, मर्ने गरेका छन । उद्योगको छेउमै रहेको दलित बस्तीका बासिन्दा बढी पीडित छन् ।

आफूहरुले समस्याबारे स्थानीय जनप्रतिनिधि र उद्योग सञ्चालकलाई बारम्बार जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ । बरु उल्टै उद्योगका मालिकबाट धाकधम्की आउने गरेको छ ।

उद्योग वरिपरि करिब ६० घरधुरी छन् । उद्योगले नदीकै किनारमा उद्योगबाट निस्कने फोहर पदार्थ राख्ने, छेकबार लगाउने गर्दा नदीले धार नै परिवर्तन गरेको छ ।

यसबारे उद्योगका प्रतिनिधिले प्रतिक्रिया दिन अश्वीकार गरेका छन् । जिल्ला प्रशासन पनि उद्योगले वातावरण ऐन अनुसार प्रदुषण नियन्त्रण नगरे कारबाही गर्ने जवाफ दिएर पन्छने गरेको छ ।

उद्योगको फोहरबाट स्थानीय तीन वर्षदेखि निकै पीडित छन् । उद्योगले सार्वजनिक जग्गासमेत हड्पेको छ । तर सरोकारवाला निकाय भने कानमा तेल हालेर बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *