अध्यक्ष प्रचण्डले पार्टी विवादबारे सचिवालय सदस्यहरुसँग अनौपचारिक छलफल गर्ने
२१ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पछिल्लो विवाद समाधानबारे सचिवालय सदस्यहरुसँग अनौपचारिक छलफल गर्ने हुनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले सचिवालय सदस्यहरुसँग विवाद समाधानको उपायबारे छलफल थाल्नुहुने भएको हो ।
अध्यक्ष प्रचण्डले आज सचिवालय सदस्यहरुसँगको अनौपचारिक छलफलपछि भोलि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गर्नुभएको छ ।
प्रचण्डले दिउँसो तीन बजेका लागि सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बोलाउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले पार्टी एकता कायम गरेर सरकारलाई पनि गतिशील बनाउनेगरी छलफल थाल्नुभएको हो ।
यसअघि प्रचण्डले आजै बिहान संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग खुमलटारमा छलफल गरिसक्नुभएको छ ।
प्रतिक्रिया