Main News

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या हजार नाघ्यो, ३११४ जना थप संक्रमित

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १७:२१
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या हजार नाघ्यो, ३११४ जना थप संक्रमित

१८ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ।पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी थप तीन हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ ।

पछिल्लो समय पनि काठमाडौं उपत्यकामा सबैभन्दा धेरै एक हजार ४ सय ६८ संक्रमित भेटिएका छन । काठमाडौंमा एक हजार दुई सय ४२, ललितपुरमा १६३ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका छन ।

उपत्यकाबाहिर सबैभन्दा धेरै चितवनमा १९५, मोरङ र काभ्रेमा १४९– १४९, सुनसरीमा १०७, रुपन्देहीमा १०१ दाङमा ९७ मकवानपुरमा ७९ कैलालीमा ७३ नुवाकोटमा ६९ र कास्कीमा ६३ जनामा सं
पछिल्लो २४ घण्टामा तीन हजार १ सय ४२ जना संक्रमण मुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या एक लाख ४१ हजार १ सय ३४ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ । संक्रमितमध्ये तीन सय ७२ जनाको आइसियू र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ । २४ घण्टामा जम्मा ११ हजार १६६ पीसीआर परीक्षण भएका छन् ।

हाल ३७ हजार ७ सय ७६ जना सक्रिय संक्रमितमध्ये ३० हजार ६ सय ९४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय ६६ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ५ हजार ६ सय १, प्रदेश २ मा १ हजार ४५, लुम्बिनी प्रदेशमा २ हजार ८ सय ३२, सुदूरपश्चिम प्रदेशमा ८६५, गण्डकी प्रदेशमा १७१० र कर्णाली प्रदेशमा ४७५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *