नेपालमा थप २४ जना कोरोना संक्रमितको मृत्यु, २९३३ जना नयाँ संक्रमित थपिए

१७ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा १ लाख ७६ हजार ५ सय पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका थप एक हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । ७ सय २ जना महिला र ९ सय २८ जना पुरूषमा संक्रमण भएको हो ।
काठमाडौंमा ६४ हजार ५ सय ४६ जना कोरोना संक्रमित छन् । त्यसमध्ये ४८ हजार १ सय ८५ जना संक्रमण मुक्त भएका छन । १६ हजार १ सय १८ जना संक्रिय संक्रमित छन्। २४३ जनाको मृत्यु भएको छ।
यसैगरी, भक्तपुरमा ५ हजार ९ सय ३ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४ हजार ८ सय ३ जना संक्रमणमुक्त भएका छन । एक हजार ३३ जना संक्रिय संक्रमित छन्। ६७ जनाको मृत्यु भएको छ।
त्यस्तै, ललितपुरमा ९ हजार एक५१ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ६ हजार ८ सय जना संक्रमण मुक्त भएका छन । संक्रिय संक्रमित २ हजार २ सय ८८ जना छन्। ६३ जनाको मृत्यु भएको छ।
यसैगरी पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार १ सय ५० जना कोरोना मुक्त भएका छन । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।
प्रतिक्रिया