Main News

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु, २८२४ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १६:३६
कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु, २८२४ जना संक्रमित थपिए

१६ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ । कोरोनाबाट एकैदिन यति धेरैको ज्यान गएको यो दोस्रो उच्च संख्या हो ।

यसअघि एकैदिन २६ जनाको ज्यान गएको थियो । नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको छ ।

चाडपर्वका कारण परीक्षण घटेकाले संक्रमितको संख्या उल्लेख्य रुपमा नबढेपनि मृत्युदर भने अत्यधिक देखिएको छ । यसले भित्रभित्रै संक्रमण फैलिरहेको देखाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक १३ हजार २३ पीसीआर परीक्षण गर्दा थप २८ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । ति मध्ये सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय छ । पछिल्लो पटक थपिएका मध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा छन् ।

उपत्यकाका तीन जिल्लामा १६ सय भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा मात्रै १३ सय ६२ संक्रमित थपिएका छन् । अन्य दुइ जिल्लामा भने संक्रमणदर केही कम छ । ललितपुरमा १ सय ६४ र भक्तपुरमा ९६ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक ३६ सय २० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ । जुन कुल संक्रमितको ७७ प्रतिशत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *