Main News

ललितपुरमा कोरोना संक्रमितको संख्या आठ हजार नाघ्यो, अहिलेसम्म ७७ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १३:१२
ललितपुरमा कोरोना संक्रमितको संख्या आठ हजार नाघ्यो, अहिलेसम्म ७७ जनाको मृत्यु

१६ कात्तिक, २०७७, ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ ।

यसैगरी, जिल्लामा निको भई डिस्चार्ज हुनेको सङ्ख्या पाँच हजार ९७६ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१० पुगेको कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएसँगै कन्ट्याक टे«सिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौँ ।”

ललितपुरमा २० देखि ४० वर्ष उमेर समुहका केही सङ्क्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी सङ्क्रमित र ६० वर्ष उमेर माथिका धेरै सङ्क्रमित सङ्ख्या रहनुसँगै मृत्यु हुनेमा पनि ६० वर्ष उमेर समूह माथिकै मानिसको सङ्ख्या बढिरहेको गेलालको भनाइ छ ।

कूल सङ्क्रमितमा ७० देखि ८० प्रतिशत मानिस दीर्घ रोगका बिरामी रहेका गेलालले जानकारी गराउनुभयो । “सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन्”, उहाँले थप्नुभयो, “जिल्लाभर सङ्क्रमित सङ्ख्या बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र श्ययाको भने अभाव हुनेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *