कोरोनासँगै सुर्खेतमा बढ्यो डेंगुको त्रास, उपचार र नियन्त्रणमा समस्या (भिडियोसहित)
![कोरोनासँगै सुर्खेतमा बढ्यो डेंगुको त्रास, उपचार र नियन्त्रणमा समस्या (भिडियोसहित)](https://www.himalayatv.com/wp-content/uploads/2020/10/dengi.jpg)
१५ कात्तिक, २०७७ सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणका बिरामीसँगै डेंगुका बिरामी पनि बढेका छन् । वीरेन्द्रनगरमा डेंगुका बिरामी फेला पर्न थालेपछि यसको उपचार तथा रोग नियन्त्रणमा जटिलता देखिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा डेंगुका बिरामी बढेसँगै जोखिम बढेको छ । सुर्खेतका शहरी क्षेत्रमा डेंगु संक्रमण बढी देखिएको छ । कोरोना महामारीको त्रासका कारण अस्पताल जान डराएका बिरामी डेंगु रोगको उपचारका लागि सुर्खेका निजी क्लिनिकमा धाउन थालेका छन् ।
सुर्खेत कर्णाली प्रदेशकै सदरमुकामसमेत भएकाले बढी जनघनत्व र लापरबाहीका कारण डेंगुको सङ्क्रमण बढेको हो । स्थानीय सरकारले डेंगु नियन्त्रणमा प्रभावकारी काम गर्न नसक्दा बिरामीको संख्या अप्रत्यासित रुपमा बढेको छ । र यो संख्या अझ बढ्ने देखिन्छ ।
गत वर्ष १ सय ३३ जनामा संक्रमण देखिएकोमा साउनयता मात्रै २ सय ८१ जनामा देखिएको छ । जसमध्ये सबैभन्दा धेरै वीरेन्द्रनगरमा छन् ।
सुर्खेत कर्णाली प्रदेशकै सदरमुकामसमेत भएकाले बढी जनघनत्व र लापरबाहीका कारण डेंगुको सङ्क्रमण बढेको हो । स्थानीय सरकारले डेंगु नियन्त्रणमा प्रभावकारी काम गर्न नसक्दा बिरामीको संख्या अप्रत्यासित रुपमा बढेको छ । र यो संख्या अझ बढ्ने देखिन्छ ।
सुर्खेतसहित सल्यान, दैलेख, कालिकोट र रुकुम डेंगुको जोखिमयुक्त जिल्लामा पर्दछन् । भदौदेखि कात्तिकसम्म बढी फैलिने भएकाले बालबालिका यसको उच्च जोखिममा पर्ने बालरोग विशेषज्ञ नवराज केसीले बताउनुहुन्छ ।
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु हुन्छ । र यो लामखुट्टेले घरका छतमा राखिएका पानीका भाँडा, गाडीका टायरमा जम्मा भएको पानी, खाल्डाखुल्डीमा फूल पार्छ र संख्या बढाउँछ ।
त्यसैले डेंगु बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान नै चलाउने गरिएको छ । तैपनि त्यो प्रभावकारी हुन सकेको छैन ।
डेंगु नियन्त्रणका लागि लामखुट्टे त मार्नु पर्छ नै । यसका साथै सबैको स्वास्थ्य परीक्षण सहज बनाउन किट व्यवस्था र जनचेतनासहित सरसफाइको काम गर्नु आवश्यक छ ।
प्रतिक्रिया