Political Hightlights

विवाद समाधान गर्न तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डको प्रस्ताव

हिमालय टिभी
२०७७ कार्तिक १५ गते १६:५४
विवाद समाधान गर्न तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डको प्रस्ताव

१५ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ ।

एघार दिनदेखिको संवादहीनता तोड्दै प्रधानमन्त्री एवं नेकपाका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरी प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गर्नुभएको हो ।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्रीसँगको भेट, कर्णाली प्रदेशको विवाद, संघीय मन्त्रिपरिषद पूनर्गठन, पर्सा घटना लगायतका विषयमा सचिवालय बैठक राखेर छलफल गर्न प्रस्ताव गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

गोयलसँगको भेट शंकास्पद भएको, मन्त्रिपरिषद पुनर्गठनमा एकलौटी गरेको, कर्णाली प्रदेशमा विवाद सिर्जना गरेको र पर्साका जिल्ला नेता महेश चौरसियाका हत्यारा जोगाउन दबाब दिएको प्रचण्डको आरोप छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाउन प्रस्ताव गरेपछि ओलीले सकारात्मक प्रतिक्रिया दिएपनि ठोस जवाफ नदिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल ओलीको बारम्बारको आग्रह र प्रयासपछि प्रचण्ड छलफलका लागि बालुवाटार जानुभएको हो ।

गएको कात्तिक ४ पछि ओली–प्रचण्डबीच सम्वाद रोकिएको थियो । यो बीचमा प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु खुमलटार पुगेपनि प्रचण्ड सम्वादमा बस्न मानिरहनुभएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्