नेपालमा थप २५०८ जना कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु
१५ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । ९ हजार २ सय २७ पीसीआर परीक्षण गर्दा २५ सय ८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ । यस्तै अहिलेसम्म १ लाख ७० हजार ७ सय ४३ जना संक्रमित भएका छन् ।
थपिएका संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौंका ११ सय १३ जना छन् ।
यस्तै ललितपुरमा १ सय ९५ र भक्तपुरमा ४९ संक्रमित थपिएका छन् । उपत्यकाबाहिर मोरङमा १ सय ३८ कास्की र चितवनमा १ सय ९, सुनसरीमा ७६, रुपन्देहीमा ७५ र काभ्रेमा ७४ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक थप २२ सय ६४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ ।
२ सय ९६ संक्रमितको आइसीयु र ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया