Main News
काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाललाई कोरोना संक्रमण
२०७७ कार्तिक १४ गते ७:५३
१४ कात्तिक, २०७७ काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ ।
टाउको दुखेपछि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । उहाँलाई टाउको दुख्नेबाहेक अरू लक्षण भने देखिएको छैन ।
दाहालकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको छ । दुबै जना होम आइसोलेसनमा हुनुहुन्छ ।
प्रतिक्रिया