Main News

खोटाङमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु, ६ जना घाइते

हिमालय टिभी
२०७७ कार्तिक ११ गते १२:५२
खोटाङमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु, ६ जना घाइते

११ कात्तिक, २०७७ खोटाङ । खोटाङमा भाडाको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

को १ ज ३४७० नम्बरको जीप पौवासेराको बाघखोर भञ्ज्याङमा गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ की बृहस्पती राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका छ जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *