Main News

नेपालमा १७४३ जना कोरोना संक्रमित थपिए, थप १५ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १० गते १८:३६
नेपालमा १७४३ जना कोरोना संक्रमित थपिए, थप १५ जनाको मृत्यु

१० कात्तिक, २०७७ काठमाडौं । नेपालमा थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५९८३० पुगेको छ।

स्वास्थ्य मन्त्रालले देशभर कुल १७ सय ४१ जना संक्रमित थपिएको जानकारी दिएको हो । अहिलेसम्म कुल एक लाख ५९ हजार ८३० संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४३ हजार २९३ रहेको छ । काठमाडौँ उपत्यकामा आज ८ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख १५ हजार ६७५ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १३ लाख ९८ हजार १७९ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २ हजार ९६९ जना रहेका छन् । त्यस्तै देशभर भेन्टिलेटरमा ६४ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २८५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *