Main News

देशका विभिन्न अस्पतालमा उपचाररत थप सात जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १० गते १७:३४
देशका विभिन्न अस्पतालमा उपचाररत थप सात जना कोरोना संक्रमितको मृत्यु

१० कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । आज गण्डकी प्रदेशमा पाँच जना र सुनसरीमा दुईजना कोरोना संक्रमतिको मृत्यु भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी कावासोतीका ७७ वर्षीय पुरुषको मध्यविन्दु अस्पताल नवलपरासीमा र गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ । तनहुँका ५० बर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान निधन भएको छ ।

यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङ र सुनसरीका दुई जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *