Main News

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ९ गते १२:४२
कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु

९ कात्तिक, २०७७ पोखरा । कोरोना संक्रमबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ पुरुष र १ महिला छन् । मृतक सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्की पोखरा महानगरपालिका वडानम्बर १ का ४२ वर्षीय पुरुष, वडानम्बर २२ का ६८ वर्षीय पुरुष, वडानम्बर ३१ का ५८ वर्षीय पुरुष र वडानम्बर १५ का ५२ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *