Main News

भारतीय प्रधानमन्त्री मोदीको दूतका रुपमा रअ प्रमुखको प्रधानमन्त्री ओलीसँग भेटः मुख्यमन्त्री पोखरेल

हिमालय टिभी
२०७७ कार्तिक ९ गते ७:३०
भारतीय प्रधानमन्त्री मोदीको दूतका रुपमा रअ प्रमुखको प्रधानमन्त्री ओलीसँग भेटः मुख्यमन्त्री पोखरेल

९ कात्तिक, २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशबाहकका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग भेट गरेपछि चौतर्फी आलोचना भइरहेका बेला नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताउनु भएको हो । उहाँ प्रधानमन्त्रीका विश्वास पात्रमध्ये एक हुनुहुन्छ ।

रअ प्रमुखलाई भेटेपछि प्रधानमन्त्री ओलीको विरोध गर्नेहरूप्रति उहाँले असन्तुष्टि समेत व्यक्त गर्नु भएको छ । उहाँले आफ्नो मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न समेत आग्रह गर्नु भएको छ ।

अब नेपाल–भारतबीच देखिएको सीमा समस्या पनि समाधान हुने उहाँको तर्क छ ।

प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग गत बुधबार राति भेटवार्ता गरेपछि सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूले विरोध गरिरहेका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर रअ प्रमुखसँग दुई घण्टा लामो भेटवार्ता गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *