नेपालमा थप २२२५ जना कोरोना संक्रमित थपिए, थप १३ जनाको मृत्यु
८ कात्तिक, २०७७ काठमाडौं । देशभर कोरोना भाइरसका थप दुई हजार २२५ संक्रमित फेला परेका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २२५ संक्रमित थपिएका हुन् । उपत्यकामा मात्रै १११० जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म एक लाख ८ हजार ३३४ जना डिस्चार्ज भएका छन् ।
आज देशभर १३ जनाको मृत्यु भएको स्वाथ्य मन्त्रलायले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ। देशभरका संस्थागत आइसोलेसन १३ हजार १८४ जना र होम आइसोलेसनमा ३२ हजार ८७३ जना रहेको मन्त्रालयले जनाएको छ।
देशभर ७० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने ३०७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया