Main News

पर्सामा नेकपा कार्यकर्ताबीचको झडपमा घाइते चौरसियाको उपचारका क्रममा मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १३:१४
पर्सामा नेकपा कार्यकर्ताबीचको झडपमा घाइते चौरसियाको उपचारका क्रममा मृत्यु

७ कात्तिक, २०७७ पर्सा । पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाका कार्यकर्ताबीच भएको झडपमा घाइते भएका मुकेश चौरसियाको उपचारका क्रममा मृत्यु भएको छ ।

नेकपा पर्सा अध्यक्ष प्रभु हजारा र सचिव विजय महतोको समूहबीच हिजो कार्यक्रममै कुटाकुट हुँदा चौरसिया घाइत हुनुभएको थियो ।

मृतक चौरसिया विन्दवासिनी गाउँपालिकाका सचिव हुनुहुन्थ्यो । टाउकोमा गम्भीर चोट लागेका चौरसियाको पानीटंकीस्थित एल एस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

अर्का घाइते उत्तम तिवारीको नारायणी अस्पतालमा उपचार भैरहेको छ । तिवारीको अवस्था चिन्ताजनक रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

तिवारीको पनि टाउको मै चोट लागेको छ । घटनामा संलग्न देवा सहनी, सुकवीन गद्दी र अनिस मियालाई प्रहरीले पक्राउ गरेको छ । कुटाकुटमा दुवैतर्फका कम्तीमा १२ जना घाइत भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *