Main News

३६३७ कोरोना संक्रमित थपिए, थप २१ जना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ६ गते १८:४८
३६३७ कोरोना संक्रमित थपिए, थप २१ जना संक्रमितको मृत्यु

६ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा मात्रै १ हजार ५ सय ५२ जना संक्रमित भएका छन् । काठमाडौंमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ ललितपुरमा १ सय ५७ जना संक्रमित थएिको स्वास्थ्य मन्त्रालायले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने ८ सय नाघेका छन् । गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट संक्रमण मुक्त हुने एकलाख नाघेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुने १ लाख २ हजार ८ सय २० जना पुगेका छन् ।

संक्रमितमध्ये ६९ दशमलव १ प्रतिशत संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *