Main News

उपत्यकामा ३०१७ सहित ५७४३ कोरोना संक्रमित थपिए, थप २६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १६:४२
उपत्यकामा ३०१७ सहित ५७४३ कोरोना संक्रमित थपिए, थप २६ जनाको मृत्यु

५ कात्तिक, २०७७ काठमाडौं । नेपालमा एकै दिन अहिलेसम्मकै धेरै ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि असोज २४ गते एकै दिन ५ हजार ५ जनामा संक्रमण पुष्टि भएको थियो । तर आज त्यो भन्दा पनि धेरै ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

२० हजार १ सय १८ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो । यो तथ्यांक अनुसार सय जनाको परीक्षण गर्दा झण्डै २९ जनामा संक्रमण देखिएको छ ।

योसँगै अहिलेसम्म देशभरमा गरेर १ लाख ४४ हजार ८ सय ७२ जना संक्रमित भएका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३ सय ९१ , ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनालाई कोरोना संक्रमण देखिएको छ ।

थप २ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो पटक २६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृतकको संख्या पनि यो अहिलेसम्मकै उच्च हो । यो सँगै मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले भेन्टिलेटरमा ८७ जना र आइसीयूमा २ सय ६९ जनाको उपचार भइरहेको छ । यस्तै ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *